Saturday, June 15, 2013

जीवन एकभवांश






कहिलेकाँही लाग्दछ जीवन किन सोचेको जस्तो हुदैंन! फेरी त्यही पल सोच्छु सोँचे जस्तै हुनेभए जीवन बाँच्नुको मज्जा नै के हुन्थ्यो होला र ?
त्यही जीवन सोंचे जस्तो हुदैन त मानिस अनेक अनुभव समेट्दछ! फेरी जीवन बाँच्नु भनेकै एड्भेन्चर जर्नी त हो! कुशल ब्यक्तिले मात्र जीवनको सक्दो र उपयुक्त फाइदा लिन सक्दछ नत्र त प्रायले जीवनसंग सम्झौतै मात्र गर्दछन् र सम्झौतामा पनि चित्त नबुझाउनेहरु आत्महत्या !!
सबै प्राय: मानिसहरु आफुलाई जीवनको बिजेता रहेको दाबी गर्दछन् तर तिनीहरुले त्यो जीतको लागी कति आफूसंग त कतै अरुसंगै सम्झौता गरेको हुन्छ! तरफेरी जीवन जिउनु एउटा सरल बानी पनि हो! उ जसरी जीवन बाँच्न बानी परेको छ सधैं त्यसरी नै बाँच्न पाउँदा सफल भएको ठान्दछ !
आफ्नो सानो आवश्यकता पनि पुरा गर्दा मानिस आफ्नो जीवन सार्थक भएको ठान्दछ! चादे जीवनसंग जतिसुकै सम्झौता किन नगरोस् उ आफूलाई सफल भएको बिल्ला झुन्ड्याउन पछि हट्दैन !
                                                                                        ***क्रमश :

No comments:

Post a Comment