सोच्दै थिए अब म तरबार बन्नुपर्छ
ती कुरिती जलाउने अंगार बन्नुपर्छ
आमा भन्नुहुन्छ, ''छोरी हौ तिमी''
''सबैले सिको गर्ने संस्कार बन्नुपर्छ''
संगी एकान्तमा कानेखुसी गर्छिन्
''बीस नाघ्यौ, तिम्रो एक संसार बन्नुपर्छ''
बाहुपासमा बेर्दै प्रेमील ओठ खुल्छ
''घरबार सम्हाल्ने मूल आघार बन्नुपर्छ''
आधा जल्या शरिर मुसार्दै 'उनि' रुन्छिन्
''बाँच्न यहाँ हिंसाको मतियार बन्नुपर्छ''
रचना राम्रो हो तर नेपाली वर्ण विन्यासलाई अलि ध्यान नुपु¥याएको जस्तो लाग्यो । कृपया नेपाली भाषाको जगेर्नाको लागि नेपाली वर्णविन्यासलाई ख्याल गरेर रचना गर्नुभयो भने उत्तम हुने थियो ।
ReplyDeletesujhabko lagi dherai dherai dhanyawad! :)
Delete