Thursday, June 20, 2013

झरीको फुर्सदमा.....

बासस्थानमा डढेलो लागेपछि,
एउटा कलंकको
अलंकारले
छन्द न बन्दको साहित्य जस्तो
टुक्रिएको चङ्गा जस्तो
कहिलै नजोडिने गरी,

ती युगल पन्छीहरु
टाढा टाढा बस्दा,

काल्पनिक संसारमा
खेल्दा हुन,
स्वप्निल दिनको एकान्तमा
भेट हुंदो हो,
स्वच्छन्दतामा उत्पिडनको
पत्र भएपनि,
पराधीनता संग हाल-खबर सोध्नु पर्दा,

आखिर विपना भन्दा
सपना रमाइलो हुंदो हो,
वास्तविकता भन्दा
कल्पना रमाइलो हुंदो हो,

''कतै ऊनी त आएनन्???''

1 comment:

  1. ''कतै ऊनी त आएनन्???'' (y) लेखाइ राम्रो छ ।

    ReplyDelete