Saturday, July 6, 2013

तिमीलाई देख्दा

कसरी- कसरी उनको 
मधुर सजिव मुस्कानले 
मेरो मुटुको ढोका खोलेछ 
प्यासी ओठबाट स्फुटित 
ध्वनीले 
हृदय रसाएछ ।। 

हिस्सी परेको त्यो मुहारले 
उद्विपन जगाएछ 
स्वाभिमानी आदतले 
गला सुकाएछ 

फेरी 
रसिक छाँट- बाटले 
म घाइते भएछु ।। 

मानौँ 
उनको निजी अश्त्रको 
म शिकार भएछु ।। 

नसोध्नु 
''कसरी यस्तो भयो?'' 
- ''मलाई के थाहा...'' 



Wednesday, October 17, 2012
sallaghari, vktpur

No comments:

Post a Comment