Saturday, March 2, 2013

एक गजल!

दुई आँखा जुध्दा यहाँ मिसिएर चार भए!!
हामीबिच ती भावना अनायसै पार भए!!

मैले मात्र हैनरै'छ, तिमीमा 'नी चाहा रैछ
फेरी हाम्रा आफन्त नै सम्बन्धको बार भए!!

ईर्ष्यालु ती आँखाहरु, खबर बोक्ल थालेपछि
संचार अरु किन चाहियो सबै फोनको तार भए!!

मौलाएको थियो प्रेम, समाजको नजरमा
बर्खामास हुर्किने र बन छोप्ने झार भए!!

छुट्टिएर तिमी-हामी कहाँ कहाँ भयौ आखिर
बिना पाप प्रेम पंक्षी आजका यी हार भए!!