आज सांझ बाहिरी वातावरन
र भित्रि मनको हालत
उस्तै रह्यो
अस्तव्यस्त!!!
बाहिर,,,,
तुफानको वेगमा
फुल्ने रहरका कोपिला. कलिला मुना पातपतींगर
बग्दै थिए, भांचिदै....
भित्र,,,
उनको अवस्था, दासता
रोदन-क्रन्दन चित्कार अनि विवस्ताले
मुटुको कुना-काप्चा हानिदै थिए
फुट्ला झैं....
फेरी!
दया पलायो आफै माथी
कति निरिह कठै म
न त त्यो हिंस्रक प्रक्रितीबाट
ती कलिला मुना बचाउन सक्छु
न त आफूलाई
यो जंगलको राजा सम्झने
त्यो बौलैएर शुध्दि ठेगान
नभएको सिंहबाट
उनीलाई!!!
Friday, June 21, 2013
Thursday, June 20, 2013
झरीको फुर्सदमा.....
बासस्थानमा डढेलो लागेपछि,
एउटा कलंकको
अलंकारले
छन्द न बन्दको साहित्य जस्तो
टुक्रिएको चङ्गा जस्तो
कहिलै नजोडिने गरी,
ती युगल पन्छीहरु
टाढा टाढा बस्दा,
काल्पनिक संसारमा
खेल्दा हुन,
स्वप्निल दिनको एकान्तमा
भेट हुंदो हो,
स्वच्छन्दतामा उत्पिडनको
पत्र भएपनि,
पराधीनता संग हाल-खबर सोध्नु पर्दा,
आखिर विपना भन्दा
सपना रमाइलो हुंदो हो,
वास्तविकता भन्दा
कल्पना रमाइलो हुंदो हो,
''कतै ऊनी त आएनन्???''
एउटा कलंकको
अलंकारले
छन्द न बन्दको साहित्य जस्तो
टुक्रिएको चङ्गा जस्तो
कहिलै नजोडिने गरी,
ती युगल पन्छीहरु
टाढा टाढा बस्दा,
काल्पनिक संसारमा
खेल्दा हुन,
स्वप्निल दिनको एकान्तमा
भेट हुंदो हो,
स्वच्छन्दतामा उत्पिडनको
पत्र भएपनि,
पराधीनता संग हाल-खबर सोध्नु पर्दा,
आखिर विपना भन्दा
सपना रमाइलो हुंदो हो,
वास्तविकता भन्दा
कल्पना रमाइलो हुंदो हो,
''कतै ऊनी त आएनन्???''
Wednesday, June 19, 2013
पुर्णरुप
सोच्दै थिए अब म तरबार बन्नुपर्छ
ती कुरिती जलाउने अंगार बन्नुपर्छ
आमा भन्नुहुन्छ, ''छोरी हौ तिमी''
''सबैले सिको गर्ने संस्कार बन्नुपर्छ''
संगी एकान्तमा कानेखुसी गर्छिन्
''बीस नाघ्यौ, तिम्रो एक संसार बन्नुपर्छ''
बाहुपासमा बेर्दै प्रेमील ओठ खुल्छ
''घरबार सम्हाल्ने मूल आघार बन्नुपर्छ''
आधा जल्या शरिर मुसार्दै 'उनि' रुन्छिन्
''बाँच्न यहाँ हिंसाको मतियार बन्नुपर्छ''
ती कुरिती जलाउने अंगार बन्नुपर्छ
आमा भन्नुहुन्छ, ''छोरी हौ तिमी''
''सबैले सिको गर्ने संस्कार बन्नुपर्छ''
संगी एकान्तमा कानेखुसी गर्छिन्
''बीस नाघ्यौ, तिम्रो एक संसार बन्नुपर्छ''
बाहुपासमा बेर्दै प्रेमील ओठ खुल्छ
''घरबार सम्हाल्ने मूल आघार बन्नुपर्छ''
आधा जल्या शरिर मुसार्दै 'उनि' रुन्छिन्
''बाँच्न यहाँ हिंसाको मतियार बन्नुपर्छ''
Saturday, June 15, 2013
जीवन एकभवांश
कहिलेकाँही लाग्दछ जीवन किन सोचेको जस्तो
हुदैंन! फेरी त्यही पल सोच्छु सोँचे जस्तै
हुनेभए जीवन बाँच्नुको मज्जा नै के हुन्थ्यो होला र ?
त्यही जीवन सोंचे जस्तो हुदैन त मानिस अनेक
अनुभव समेट्दछ! फेरी जीवन बाँच्नु भनेकै
एड्भेन्चर जर्नी त हो! कुशल ब्यक्तिले मात्र जीवनको सक्दो र उपयुक्त
फाइदा लिन सक्दछ नत्र त प्रायले जीवनसंग सम्झौतै मात्र गर्दछन् र सम्झौतामा पनि चित्त नबुझाउनेहरु आत्महत्या !!
सबै प्राय: मानिसहरु आफुलाई जीवनको बिजेता
रहेको दाबी गर्दछन् तर तिनीहरुले त्यो जीतको लागी
कति आफूसंग त कतै अरुसंगै सम्झौता गरेको हुन्छ! तरफेरी जीवन जिउनु एउटा सरल बानी
पनि हो! उ जसरी जीवन बाँच्न बानी परेको छ सधैं त्यसरी नै बाँच्न पाउँदा सफल भएको
ठान्दछ !
आफ्नो सानो आवश्यकता पनि पुरा गर्दा मानिस
आफ्नो जीवन सार्थक भएको ठान्दछ! चादे जीवनसंग
जतिसुकै सम्झौता किन नगरोस् उ आफूलाई सफल भएको बिल्ला झुन्ड्याउन
पछि हट्दैन !
***क्रमश :
Subscribe to:
Posts (Atom)