Friday, June 21, 2013

उनीलाई !!

आज सांझ बाहिरी वातावरन
र भित्रि मनको हालत
उस्तै रह्यो
अस्तव्यस्त!!!

बाहिर,,,,
तुफानको वेगमा
फुल्ने रहरका कोपिला. कलिला मुना पातपतींगर
बग्दै थिए, भांचिदै....
भित्र,,,
उनको अवस्था, दासता
रोदन-क्रन्दन चित्कार अनि विवस्ताले
मुटुको कुना-काप्चा हानिदै थिए
फुट्ला झैं....

फेरी!
दया पलायो आफै माथी
कति निरिह कठै म
न त त्यो हिंस्रक प्रक्रितीबाट
ती कलिला मुना बचाउन सक्छु
न त आफूलाई
यो जंगलको राजा सम्झने
त्यो बौलैएर शुध्दि ठेगान
नभएको सिंहबाट
उनीलाई!!!

No comments:

Post a Comment